प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएकामध्ये को स्वदेश नफर्किएको हो नाम बताइदिन प्रतिनिधि सभा सांसद सोबिता गौतमलाई लक्ष्य गर्दै आग्रह गरेको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने, ‘प्रधानमन्त्रीज्यूको स्पेन भ्रमणमा गएका को फर्कनुभएन, उहाँले नाम बताइदिनुपर्यो।’
प्रधानमन्त्रीका प्रेस संयोजक बजगाईका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट स्पेन गएको टोलीमध्ये फर्कने बेला अझै दुई जना थपिएर फर्केका छन्।‘यहाँबाट गएकोभन्दा अझै उताबाट दुई जना थपिएर फर्केका छन्, उहाँ दूतावासमा भएका दुई जना पनि सँगै फर्केका हुन्, यहाँबाट गएको नफर्केको त एक जना पनि छैन,’ बजगाईले भने, ‘यो हल्ला चलाउन रेणु दाहालको सचिवालयबाट सुरू भएको हो, त्यसपछि दीपशिखाले पनि स्टाटस लेखे। प्रधानमन्त्री स्वदेश फर्केकै दिनदेखि यस्तो हल्ला चलाउन सुरू गरेका थिए। कुन नाम गरेको मानिस नफर्केको हो भनेर माननीय सोबिता गौतमजीले भन्नुपर्यो।’
रास्वपा सांसद गौतमले प्रतिनिधि सभामा बोल्दा स्पेन गएकामध्ये को स्वदेश फर्किएन भन्ने नाम भनेकी थिइनन्।























Discussion about this post