बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ।
बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्।
































Discussion about this post