Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओली र ‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ता बीच भेटघाट

201
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।

घुस डिल प्रकरणमा मुछिएका उनी सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

घुस मागेको अडिओ सार्वजनिक भएपछि गुप्ता चौतर्फी दबाबमा परेका छन्। उनी राजीनामा दिने मनस्थितिमा पुगेका बताइएको छ। त्यसकै परामर्शका लागि उनी प्रधानमन्त्रीकहाँ पुगेको स्रोतले जनाएको छ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित