Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्पेन पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

201
VIEWS

गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,’ मन्त्री लेखकको सचिवालयका अनुसार उनले भनेका छन्, ‘जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित