Skip to main content

Khabar Samachar

Search
Close this search box.

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोपबारे जवाफ दिनुपर्छ – रेशमलाल चौधरी

204
VIEWS

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दा या आरोपबारे जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले महासचिवले बोलाएको बैठकबारे आफूले नबोलाएको भनेर अध्यक्षले भन्न नमिल्ने प्रस्ट पारेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै चौधरीले पार्टी कार्यकर्ता र जनतामा पनि अन्योल सिर्जना गरेकाले त्यसबारेमा केन्द्रीय समिति बैठकमा जबाफ दिनुपर्ने बताएका हुन्।

कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस डिल गरिएको प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि हाजिर भएकी थिइन्।

त्यसपछि आफ्नो सुझावमा केन्द्रीय समिति बैठक बोलाइएको चौधरीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित