Khabar Samachar

Search
Close this search box.

बुटवल–पाल्पा सडक अवरुद्ध

201
VIEWS

अविरल वर्षापछि झरेको पहिरोको कारण बुटवल–पाल्पा सडक खण्ड पूर्णरूपमा बन्द भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर–३ सिद्धबाबा मन्दिरनजिक पहिरो झरेको प्रहरीले जनाएको छ।

आइतबारदेखि परेको अविरल वर्षापछि सिद्धबाबा खण्डमा दुई–तीन ठाउँमा पहिरो खसेको प्रहरीले बताएको छ।

पहिरो झरेपछि सोमबार रातिदेखि नै सवारी साधनहरू आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ।

सिद्धबाबा मन्दिरनजिक सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरूद्ध भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित