कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गरिपाऊँ भन्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन्।
सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पुर्पक्षको लागि रूपन्देही कारागारमा रहेका लामिछानेले धरौटी बुझाएर थुनामुक्त गर्न माग गर्दै निवेदन दिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।
सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा रवि पुर्पक्षको लागि थुनामा पठाइएका थिए। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।































Discussion about this post