Skip to main content

Khabar Samachar

Search
Close this search box.

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेपछि पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए।

उनको त्यसदिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। शुक्रबार बिहान सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेसँगै सुनुवाइका लागि पेसी चढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित