त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ । विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडानमा बिहानैदेखि यात्रु नहुँदा उडान बन्द प्रायः छ । अन्तर्राष्ट्रिय उडानबाट विमानस्थल अवतरण हुनुपर्ने जहाजले अवतरण गर्न नमान्दा विमानस्थल बन्द भएको छ । विदेशबाट आउने जहाज अवतरण नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकका लागि हुने उडान पनि प्रभावित भएको हो ।
































Discussion about this post