Khabar Samachar

काठमाडौं महानगरपालिका : बालेन्द्र साह ५९० मतले अगाडि

218
VIEWS

 

काठमाडौं महानगरपालिकामा लौरो लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता बढाउँदै लगेका छन्।

आइतवार बिहान सवा ६ गतेसम्मको परिणामअनुसार उनले १५ सय ७५ मत ल्याएका छन्।

हालसम्म काठमाडौं महानगरपालिकामा ४४ सय ५० मत गनिएको छ। यस्तोमा बालेन्द्रलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ९८५ मत ल्याएका छन्

बालेन्द्र र स्थापितबीचको मतान्तर पनि बढ्दै गएको छ। बालेन्द्रले स्थापित ५९० मतको अग्रता बनाएका छन्।

अहिले काठमाडौंमा वडा नम्बर १, ३, ४ र ३२ नम्बरसहितका वडाको मतगणना भइरहेको छ

 

यहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत ल्याउँदै तेस्रो स्थानमा छिन्।

शनिबार बिहानदेखि लगातार मत गन्ने काममा संलग्न कर्मचारी थाकेको भन्दै आइतवार सबेरै बिहान पाँचमध्ये तीन स्थानको गणना रोकिएको थियो।

महानगरहरूको मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेको अवस्थामा रोकिएको काम अहिले अघि बढेको छ।

राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा अहिले पाँचवटा ठाउँमा मत गनिँदैछ।

काठमाडौं महानगरको मतगणनामा कर्मचारी अभाव पनि भएको छ। पर्याप्त कर्मचारी नहुँदा अन्य ठाउँबाट मत गन्न पनि नसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित