काठमाडौँ । बैसाख ३० गते भएको स्थानिय निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नम्वर ९ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका रामजी भण्डारी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । रामजी भण्डारीले २,७९० मत पाउँदा प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का रामकृष्ण श्रेष्ठले २,२९५ ल्याएका छन् ।
त्यसैगरी सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का महिला सदस्यतर्फ सिर्जना भेटवाल (२३८६) , दलित महिला सदस्यमा रचना सुनाम (२४१२) निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा श्रीराम राई (२४५५) र टेकराज अधिकारी (२४४७) निर्वाचित भएका छन् ।
Discussion about this post