Skip to main content

Khabar Samachar

Search
Close this search box.

तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी

205
VIEWS

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पराजित गरेका हुन् ।

खाडले २४, ३९६ मत पाए भने चापागाईंले २३, ६३१ मत प्राप्त गरेका छन् ।

कांग्रेस रूपन्देही सभापति रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । उनले माओवादीका हेमलाल पाण्डेलाई पराजित गरेकी हुन् । चौधरीले २३०८६ मत पाइन् भने पाण्डे ११५४६ मा सीमित भए ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्दछ । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित