Khabar Samachar

तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी

205
VIEWS

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पराजित गरेका हुन् ।

खाडले २४, ३९६ मत पाए भने चापागाईंले २३, ६३१ मत प्राप्त गरेका छन् ।

कांग्रेस रूपन्देही सभापति रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । उनले माओवादीका हेमलाल पाण्डेलाई पराजित गरेकी हुन् । चौधरीले २३०८६ मत पाइन् भने पाण्डे ११५४६ मा सीमित भए ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्दछ । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित