Khabar Samachar

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) : काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाऔं

214
VIEWS

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए । अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् ।  शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए । 

उनले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नका लागि अपिल गरेका छन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैजना मिलेर सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु धन्यवाद!’ साहले भने। साहलाई निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीले बधाई तथा शुभकामना दिएका थिए। त्यसपछि संक्षिप्त सम्बोधन गर्दै बालेनले अबको ५ वर्षमा आफ्ना एजेण्डालाई सम्पन्न गर्ने धारणा प्रस्तुत गरे। ‘स्थानीय निर्वाचनको जुन परिणाम आएको छ यसलाई हामीले हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुनेछ। अबको ५ वर्षमा हाम्रो एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यसम्पन्न गर्ने धारणा रहेको छ,’ उनले भने, ‘सम्पूर्ण नगरवासी र उपस्थिति साथीभाइ, परिवाजनलगायत सबै महानगरलाई हामीले परिवारको रुपमा लिएका छौं।’निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित