Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपाको जिल्ला पार्टी प्रवक्तामा डोटेल

212
VIEWS
नेपालमा ठुला पार्टीहरुले ठूलो चुनावि नारामा पुस्तान्तरणका कुरा गरिरहेको दशकौ भए पनि व्यवहारमा त्यो देखिएन । जब राप्रपा महाधिबेशनले राजेन्द्र लिङदेनलाई पार्टी केन्द्रीय अध्यक्षमा निर्वाचित गर्यो तब एउटा देश व्यापी पुस्तान्तरणको लहर अायो । भ्रष्टाचार बिरुद्वका बुलन्द अाबाज ज्ञानेन्द्र शाहिहरु जस्ता हजारौ नेताहरु देश भरि राप्रपामा समाहित भए । भलै एउटा शक्तिशाली राजनेता कमल थापाले बहिर्गमन रोजेर पृथक राजनीतिक यात्रामा सामेल भए तर बिगत झै राप्रपामा अोईलाएको पाईएन झन शसक्तरुपमा झाङगीएको स्थानीय तहको निर्बाचन मत परिणामले देखायो । युवा अाकर्षण बढेको राप्रपाले देश भरी पुस्तान्तरणको अदृश्य अभियाननै थालेको छ । हालै  बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देश भरी योग्य लोकप्रिय  उमेद्ववारहरु पार्टी भित्र वा  बाहिर रहे पनि उमेद्ववारीको लागि सार्वजनिक अाह्वान गर्ने निर्णय गरेको थियो । यहि क्रमलाई पच्छ्याउदै    राप्रपा मकवानपुरको पदाधिकारी बैठकले जिल्ला अध्यक्ष शिवराम थापाको अध्यक्षतामा १७ सदस्यीय सचिवालय समितिको , ५ सदस्यीय अनुगमन तथा मुल्यांकन समिति निर्माण गरी   अायुष कुमार डोटेललाई जिल्ला पार्टी प्रवक्तामा नियुक्त गरेको छ ।
 नेता डोटेल  हेटौंडा -९ निवासि डोटेल एक बौद्विक  युवा नेता पर्छन । उनले एम.बीस. बाट स्नातकोत्तर  , अा.ई.टि. बि.सि.ए , एल.एल.बि. तेस्रो बर्षमा अध्यनरत डोटेल  हेटौंडा-४ स्थित सगरमाथा बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष पनि हुन । उनको विभिन्न क्षेत्रमा लगानी हुनुको साथै बिभिन्न उधोगहरु पनि सञ्चालन गरिरहेका र सयौलाई रोजगारी प्रदान गरिरहेका नजिकि स्रोतहरू बताउछन ।  राप्रपाले एक उदयिमान नेता प्रबक्ताको रुपमा पाएको पार्टीका एक जिल्ला सदस्यले जिकिर गरे ।  यस अघि जिल्ला सह-सचिव रहेका डोटेलको राजनितीक यात्रा भने ऐमाले निकट बिधार्थि संगठनबाट भएको थियो । “केही बर्ष बिरक्तियर तथस्ट भएर बसियो अार्थिक लाभ लिने धेरै पार्टी  र संयन्त्रहरु थिए तर मैले भिड होईन सत्यको बाटो रोजे बाटो कठिन जरुर छ । तर हामी जस्ता युवाले अाँटे पनि चट्टान फोडिन्छन ताके पछि तारा झर्छन असंभव छैन । राजनितीमा लाभ होईन सेवा र त्याग गर्न अाएको हु । म अाध्यात्मिक मान्छे हु मलाई पापको डर छ कसैलाई घोका दिन्न मेरो संकल्प जीवन भरलाई यहि हो ।” कुराकानीका क्रममा डोटेलले उल्लेख गरे । डोटेलले गत चुनावमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पार्टीले उचित स्थान दिएको जानकारहरु बताउछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित