Khabar Samachar

झडपपछि बन्चरेडाँडा पुग्न सकेनन् ट्रक, फोहोर बोकेर काठमाडौं नै फर्किए

216
VIEWS

काठमाडौं– काठमाडौंको फोहोर विसर्जनस्थल(नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा ३ जना घाइते भएका छन्। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

स्थानीयसँगको झडपका क्रममा प्रहरी सहायक निरीक्षक (असई)सहित ३ जना प्रहरी कर्मचारी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।

मैनालीका अनुसार फोहोर फाल्न गएका गाडी स्थानीयले अगाडि बढ्न दिएका छैनन्। फोहोर बोकेर सिसडोल र बञ्चरेडाँडा पुगेका गाडीहरु फोहोर नफाली फर्किन लागेका मैनालीले जानकारी दिए।

उनका अनुसार प्रहरीले तीन सेल अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे।

‘फोहोर बोकेको गाडी फर्किएको छ। प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘प्रहरी पनि परिचालन गरिएको छ।’

यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ।

बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।

स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्।

यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए।

‘हामी सबै यहाँ डाँडामै छौं। पक्राउ परेकाहरू वृद्ध, अशक्तहरू हुन्। उनीहरूलाई प्रहरीले घरबाट लगेको छ,’ उनले भने,‘हामी यहाँ फोहोर फाल्न दिन्नौं। ३६५ दिन नै यहाँ बस्छौं।’

बञ्चरेडाँडामा खटिएका एक प्रहरीका अनुसार फोहोर बोकेका गाडी चालकहरू आफैं फर्किन लागेका हुन्।

‘गाडीमा क्षति पुग्छ भन्ने हिसाबले उनीहरू फर्किन लागेका हुन्,’ ती प्रहरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित