Khabar Samachar

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

207
VIEWS

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित