जिल्ला प्रहरी परिसर, काठमाडौंले आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको छ ।
करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धान सकिएको छ ।
जिल्ला प्रहरी कार्यालयको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले मानवबेचबिखन तथा ओसारपसार र बोल यौन दुर्व्यवहारको कसूरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको अनलाइनखबरलाई बताए ।
उनले भने, ‘प्रतिवेदनमाथि अध्ययन गरिरहेका छौं, भोलि वा पर्सी अदालतमा मुद्दा लैजान्छौं ।’मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।
Discussion about this post