Khabar Samachar

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

203
VIEWS

चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ । वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द गरिएको जानकारी दिए ।

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा पर्यटकीय गतिविधि बन्द गर्दै आएको छ। आजबाट राप्ती नदीमा गरिने डुंगा सफारी बन्द भएको छ। वर्षातको समयमा डुंगा सफारी गर्दा जोखिम हुने भएकाले बन्द गरिएको तिवारीले बताए।

पूर्व जानकारीविनै निकुञ्जमा पर्यटकीय गतिविधि रोकेको भन्दै सौराहा क्षेत्रका पर्यटन व्यवसायीले भने असन्तुष्टि जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित