Khabar Samachar

Search
Close this search box.

स्वास्थ्य राज्यमन्त्री वली प्रकरण माथि छानबिन गर्न समिति गठन

209
VIEWS

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।

यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या भएको भन्दै उनलाई बुटवल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित