Khabar Samachar

सदन बहिष्कार गर्दै बाहिरिए एमाले सांसद

207
VIEWS

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माको आगामी आर्थिक वर्षको बजेटमाथिको सवाल जवाफ बहिष्कार गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बजेट बनाउँदा बाहिरी मानिसको प्रवेश गराई राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाए ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो । अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको हो ।

भट्टराईले– ‘अर्थमन्त्रीले गरेको देश प्रतिको असाध्यै ठूलो गद्दारीका सम्बन्धमा यहाँ बोलिरहेका छौँ ।’ भन्ने बित्तिकै सभामुख अग्नि सापकोटाले सो शब्द संसदीय मर्यादा विपरित रहेको भन्दै संसदको रेकर्डबाट हटाइएको बताए ।

त्यसप्रति एमालेले आक्रोश व्यक्त गरेको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्माले देशप्रति गद्दारी गरेको बताएका थिए। उनको अभिव्यक्तिलाई सभामुखले रेकर्डबाट हटाउने जानकारी दिएका थिए।शर्माको जवाफपछि सांसद्को स्पष्टीकरणको पुनः जवाफ दिनुपर्ने हुन्थ्यो। तर भट्टराईले शर्माको जवाफको नाममा बेतुकका कुरा नसुन्ने भन्दै सो कार्यसूची बहिस्कार गर्ने जानकारी दिने बताएका थिए। त्यसपछि एमाले सांसदहरु बाहिरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित