Khabar Samachar

Search
Close this search box.

काठमाडौं उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

207
VIEWS

काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गएरातिदेखिको वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले काठमाडौं, सिन्धुपाल्चोक, चितवनको भरतपुर, सप्तरीको फत्तेपुर, झापाको कन्काई, तनहुँ, बाँके, सुनसरी लगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

काठमाडौंमा जारी वर्षा भने अब केही बेरमा रोकिने सम्भावना देखिएको उनले बताए। तर बेलुका पुनः वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाका अनुसार आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली  रही बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै  बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित