Khabar Samachar

सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता : राजेन्द्र पाण्डे

217
VIEWS

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गरेका छन् । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी गरेका हुन् ।

मन्त्रीहरूले फिर्ता हुन आनाकानी गरिरहेको विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै भोली बेलकासम्म फिर्ता भइसक्ने बताए । उनले भने, ‘फेरबदल हुने-नहुने भोलि बेलुकासम्म थाहा हुन्छ । यी साथीहरू जान्छन् । नयाँ साथीहरू आउँछन् ।’

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।

मन्त्री फेर्ने भनेपछि एकीकृत समाजवादीमा विवाद बढेको छ । १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित