Khabar Samachar

Search
Close this search box.

देशलाई नयाँ युगतिर लैजाने सपना छ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

203
VIEWS

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्न चाहेको भन्दै आफूसँग अब देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा प्रचण्डले विगतमा आफूले गरेका प्रयासलाई सार्थक बनाउन चाहेको बताए ।

अध्यक्ष प्रचण्डले भने– अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।

वामपन्थी एकता गरेर देशलाई स्थिरता दिने प्रयास असफल भए पनि आफू अब प्रधानमन्त्री बनेमा मुलुकलाई समृद्ध बनाउने योजना रहेको प्रचण्डले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित