Skip to main content

Khabar Samachar

Search
Close this search box.

मन्त्रीबाट नहटाउन एकीकृत समाजवादीका मन्त्रीको दवाव

217
VIEWS

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दवाव बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका हुन् ।

एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ कार्यन्वयन गरेर जाने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीले प्रधानमन्त्रीसँग गुहार मागेका हुन् ।

शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘हामी मन्त्री भएको जम्मा ६ महिना भयो । हामीलाई पार्टीले हटाउने निर्णय गरी सक्यो । तपाई (प्रधानमन्त्री) ज्युले भूमिका खेलिदिनुपर्याे ’ नेताले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुको मागका विषयमा परिस्थिति हेरेर निर्णय लिने बताउनुभएछ । पार्टीको निर्णय मन्त्रीले नमान्नु सारै लज्जाको विषय भयो ।’

प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यन्वयन गर्न ढिला गरेपनि मन्त्रीहरुले तत्काल कार्यन्वयन गर्न नसक्नु दुःखद भएको ती नेताले बताए । पार्टीको निर्णय कार्यन्वयन गरेर जानेभन्दा पनि एकीकृत समाजवादीका नेताहरुले पद थमौती गर्न प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गुहार मागेका छन् । उल्टै एकीकृत समाजवादीका मन्त्रीहरुले बजेट पास भइनसकेको र नयाँ मन्त्रीहरूमा समावेशी भएको छैन भन्दै टार्ने गरेका छन् । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेताभन्दा शक्तिशाली मन्त्री हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित