Khabar Samachar

महाराष्ट्रको मुख्यमन्त्री बने शिवसेनाका शिन्दे

204
VIEWS

भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा शिवसेनाका ‘बागी’ नेता एकनाथ शिन्दे भारतको महाराष्ट्र प्रदेशको मुख्यमन्त्री भएका छन्। उनले बिहीबार नै मुख्यमन्त्रीको सपथ लिएका छन्।

यसअघि शिवसेनाका प्रमुख उद्धव ठाकरे मुख्यमन्त्री थिए। उनी भारतीय राष्ट्रिय कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनले बुधबार राजीनामा दिएपछि शिन्देलाई मुख्यमन्त्री हुने बाटो खुलेको हो।

सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। त्यति बेला भाजपा र शिवसेनाले चुनावी तालमेल गरेका थिए। तर, मुख्यमन्त्रीको विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको समर्थनमा सरकार बनाएको थियो।

तर, शिन्देको पक्षमा रहेका शिवसेनाका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए। कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेपछि उनले त्यसअघि नै राजीनामा दिएका हुन्।

यससँगै भाजपा अढाई वर्षपछि महाराष्ट्र सरकारमा फर्किएको छ। दुई पटक मुख्यमन्त्री भएका देवेन्द्र फडणवीसको नेतृत्वमा भाजपा सरकारमा सहभागी भएको छ। उनी उपमुख्यमन्त्री बनेका छन्।महाराष्ट्र विधासभामा २८८ सिट छन्। त्यहाँ बहुमतका लागि १४४ विधायकको समर्थन चाहिनेमा शिन्देले १६१ जनाको साथ पाएका छन्। जसमध्ये भाजपाको १०६, शिवेसेनाका बागी ३९, निर्दलीय ८ र प्रहार पार्टीका २ जना सांसदले समर्थन गरेपछि उनी मुख्यमन्त्री बन्न सफल भए।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित