Skip to main content

Khabar Samachar

Search
Close this search box.

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणका लागि निजगढ पुगे गठबन्धनका शीर्ष नेता

209
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु आज (शनिबार) बाराको निजगढ पुगेका छन्।

प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत निगगढ पुगेका हुन्।

प्रस्थावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरु बारा पुगेका हुन्।

सर्वोच्च अदालतले निजगढमा जंगल मासेर विमानस्थल निर्माणको कानुनी औचित्य नभएको भन्दै फैसला सुनाएपछि विमानस्थल निर्माणको विषय अन्यौलमा परेको छ।

गठबन्धनका नेताहरु निजगढको निरीक्षण गरेर शनिबार नै काठमाडौं फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित