Khabar Samachar

सुकुटे रिसोर्टमा युवती बलात्कृत, काठमाडौंबाट ३ जना पक्राउ

241
VIEWS

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टमा युवती बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

उक्त रिसोर्टमा टेन्टमा सुतिरहेकी २६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी फरार भएको जाहेरीका आधारमा खोजतलास गर्दा असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाएका छन्।

पक्राउ पर्नेमा कलंकी १४ बस्ने १८ वर्षीय प्रिन्स थपलिया, सोही ठाउँ बस्ने १८ वर्षीय रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री छन्।

उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित