Khabar Samachar

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

211
VIEWS

पारिवारसहित राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् ।

बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार गन्तव्यमा नपुगी बीचमै रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिन पुगेको बताए ।

मैनालीले राष्ट्रियसभा अध्यक्ष तिम्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको बताए । उनले भने, ‘बुझ्नलाई प्रहरी वृत्त, थानकोटका डीएसपी डिल्ली पाण्डे सा’बलाई पठाएको छु, उहाँ पुग्नु भएको छैन ।’



चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन । यसअघि पनि यस्ता घटना पटक पटक बाहिर आउने गरेका थियो । यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रागिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित