Khabar Samachar

अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति गुरूङको माग

207
VIEWS

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्।

बजेट बनाउँदा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई करका दर चलाएको आरोप छ।

उपसभापति गुरूङले यसबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने पनि बताएका छन्।

उनले छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए।

राजीनामा नदिए बर्खास्त गरिनुपर्ने उनी बताउँछन्। अहिले देखिएका बिबाद समाधानका लागि छानबिन समिति गठन, अर्थमन्त्रीको राजीनामा वा बर्खास्त भएको उनले बताए।

कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित