Khabar Samachar

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

229
VIEWS

 

काठमाडौंको चन्द्रागिरीमा फसेका ४३६ जनालाई प्रहरीले उद्धार गरेको छ। केवलकार नचलेपछि भालेश्वर मन्दिर परिसरमा दिनभर रोकिएका पर्यटकलाई नेपाल प्रहरीले उद्धार गरेको हो।

त्यहाँ फसेकाको उद्धार गर्न काठमाडौंका विभिन्न युनिटबाट १५० जना प्रहरी परिचालन गरिएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले १७० जनालाई पैदल नै उद्धार गरेको हो। साँझ केवलकारबाट बाँकी २६६ जनाको उद्धार गरिएको एसपी मैनालीले बताए। उद्धार गर्न प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएको थियो।
चन्द्रागिरी डाँडामा रहेका सबैको उद्धार भइसकेको छ। उनीहरुलाई मुख्य सडकमा झारेर आ–आफ्नो गन्तव्यतर्फ पठाइएको मैनालीले बताए।बुधबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि केहीबेर केबलकारमै रोकिएका थिए। उनलाई भने दिउँसै फर्काइएको थियो। अन्य पर्यटकलाई भने साँझ ८ बजेसम्ममा उद्धार गरिएको एसपी मैनालीले जानकारी दिए।अध्यक्ष तिमिल्सिनासँगै १४० जना केबलकारमा फसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित