Skip to main content

Khabar Samachar

Search
Close this search box.

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान, मतपेटिका संकलन हुँदै

213
VIEWS

बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । नगरपालिकाका १० मतदान स्थलका १९ मतदान केन्द्रमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

वैशाख ३० गते भएको निर्वाचन यस नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगर प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई सत्ता गठबन्धनका अरु दलको पनि समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित