Khabar Samachar

Search
Close this search box.

माओवादीको स्थायी समिति ४१ सदस्यीय, १५ जनाको नाम टुंगियो

205
VIEWS

नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २/३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यको संख्या १५६ हुने भएको छ। ‘१५ जना स्थायी कमिटी सदस्यको टुंगो लागिसकेको छ। अन्य बाँकी पनि लाग्छन्,’ उनले भने, ‘अध्यक्षले केही दिनभित्रमा नै पदाधिकारीको पनि टुंगो लगाउनुहुन्छ।’

GBLIME

उनले पदाधिकारीको टुंगो लगाउने अधिकार अध्यक्षलाई केन्द्रीय कमिटीले दिएको भन्दै त्यसमा पूर्व स्थायी कमिटीका सदस्यहरुले पनि सहयोग गर्ने बताए।

‘केन्द्रीय कमिटीले पूर्णता पाउन नै ढिलाइ भएको थियो। अहिले यो सबै काम सकिएको छ,’ उनले भने, ‘अब स्वभाविक रुपमा नै पदाधिकारीको पनि निर्णय हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित