Khabar Samachar

बुढीगंगा नगरपालिकाको मतगणना : झण्डै एक हजार मतले एमाले उम्मेदवार अगाडि

216
VIEWS

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन्

एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित