Khabar Samachar

राप्रपामा कुटाकुट प्रकरण : महामन्त्री कुन्ती शाहीलाई पार्टीबाट निष्काशन गर्न माग

222
VIEWS

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले महामन्त्री कुन्ती शाहीको योजनामा आइतबार दुःखद घटना हुन पुगेको आरोप लगाएकी छन् । उनले महिला संगठनको बैठकमा शाहीले कुटेर केही कार्यकर्ता घाइते भएको जिकिर गरिन् ।

‘शाहीले कुटेर रविना शाही, निर्मला न्यौपाने घाइते हुनुभएको छ’, उनले  भनिन्, ‘महिला संगठनले महिला हिंसाको विरुद्धमा कार्यक्रम गर्नका लागि आन्तरिक छलफलमा थियौँ । यही विषयमा गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गर्ने भन्ने थियो ।’

राप्रपाले महिला संगठनमा अध्यक्ष मात्र नियुक्त गरेको छ भने कार्यसमिति पनि बनेको छैन । राप्रपाको महिला संगठनले महिला हिंसा न्युनीकरणका लागि दबाव दिँदै असार २७ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

ज्ञापन पत्रको तयारीका लागि छलफल गर्न अध्यक्ष रावलले अनौपचारिक बैठक बोलाएकी थिइन् । तर बैठकको सुरुमै नेता कुमारी तामाङले माइक खोसेर बोल्न थालेको र विषय भन्दा बाहिरको मुद्दा झिकेर विवाद गरेको रावल बताउँछिन् ।

‘राप्रपाको महिला संगठनमा म एक्लै छु, तर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएकाले औपचारिक बैठक राखेको थिएँ, तर सुरुमै कुमारी तामाङले माइक खोसेर बैठक लिड गर्नुभयो, मैले त बोल्न पनि पाइन’ रावलले भनिन्, ‘अनि कुमारी तामाङ पक्षकै एक जनाले अर्को एक जनालाई हातपात गरेपछि विवाद भएको हो ।’

महामन्त्री कुन्तीकुमारी शाहीले पनि बैठकमा सहभागी महिलालाई कुटपिट गरेको उनले बताइन् । ‘महामन्त्री कुन्ती शाहीले पनि दुई जनालाई हातपात गर्नुभयो, नेतृत्व भएपछि त्यही हिसाबको भूमिका निर्वाह गर्नुपथ्र्यो, तर देखिएन’ उनले भनिन् ।

महामन्त्री शाहीले भने महिलाहरुबीच झगडा भएपछि आफू छुट्याउन मात्र गएको बताइन् । ‘महिलाहरुको बैठकमा वादविवाद भएको रहेछ, म त अन्तर्राष्ट्रिय विभागको मिटिङमा थिएँ, अन्तिममा छुट्याउन मात्र पुगेको हुँ’ उनले भने ।

महिला संगठनको नेतृत्वम विवाद रहेको र आइतबारको छलफलमा त्यही विषयमा विवाद रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित