Khabar Samachar

पार्टी पुनर्गठन गर्ने बाबुराम भट्टराई पक्षको निर्णय

210
VIEWS

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ।मंगलबार र बुधबार गरी दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय सदस्यहरुको विस्तारित बैठकले जसपा पुनर्गठनको निर्णय गरेको हो । यसबारे थप निर्णय गर्ने अधिकार कार्यकारिणी सदस्यहरुलाई दिएको छ ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै डा. भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न सक्दैन भन्ने निष्कर्षका साथ जोखिम उठाएको बताए । उनले भने, ‘उहाँकै कारणले हामी अलग अलग हुनु परेको हो, यसलाई पार्टी फुट भन्न मिल्दैन । हामी वैकल्पिक शक्ति निर्माण गर्न जाँदैछौँ । पार्टी पुनर्गठन गर्न जाँदैछौँ ।’

आवश्यकता अनुसार एकता र ध्रुवीकरणको ढोका खुला राख्ने उनले बताए । पुराना दलहरु रुपान्तरण भएर आए अहिले पनि समाजवादी केन्द्रको सम्भावना रहेको उनले बताए । भट्टराईले भने, ‘आफ्नो अलग पहिचान कायममा राखेर समाजवादी चिन्तन राख्नेहरुसँग गठबन्धन पनि हुनसक्छ ।

’कार्यकारिणी बैठक शनिबारसम्म बस्ने समझदारी पनि बनाएको छ। ‘जसपा रुपान्तरण गर्ने सम्भावना छैन, पुनर्गठन गर्नैपर्ने डा. बाबुराम भट्टराईको प्रस्ताव अनुमोदन गर्‍यो, कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, ‘पार्टी पुनर्गठन गर्ने अधिकार कार्यकारिणी लाई दिएको छ। कार्यकारिणीको बैठक शनिबारभित्र बस्नेछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित