Skip to main content

Khabar Samachar

Search
Close this search box.

माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै

238
VIEWS

 

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत जाने भएका छन्।

माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् ।

भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र मन्त्रालय र काठमाडौस्थित भारतीय दूतावासले समन्वय गरिरहेका छ्न। दहाल दुइदिन भारतमा रहने छ्न। भारतीय राजदुत नविन श्रीवास्तवले केहि दिन अघि दहाललाई बिजेपी अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए।

नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष दहालको दिल्ली यात्रा तय हुनुलाई अर्थपुर्ण मानिएको छ। स्रोतका अनुसार नजिकिदो चुनावमा वाम शक्तिबीच तालमेल हुन्छ कि भन्नेमा दिल्ली चिन्तित छ। प्रधानमन्त्री देउवा पत्नि आरजु राणा दिल्ली भ्रमणमै रहेका बेला दहाल पनि भारत जान लागेका हुन।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित