Khabar Samachar

गठबन्धन बैठक सकिए लगत्तै मन्त्रीपरिषद बैठक सुरु

232
VIEWS

सत्ता गठबन्धनको बैठक सकिलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रबार दिउँसो प्रतिनिधि सभामा उपसभामुखको निर्वाचनअघि सत्ता साझेदार दलका नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

त्यसैगरी शुक्रबारै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्किँदै छन्। बालुवाटारमा प्रचण्डको भारत भ्रमणबारे पनि कुरा हुने बताइएको छ।

शुक्रबार दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ। बालुवाटार बैठकमा उपसभामुख निर्वाचनमाथि नै छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित