Khabar Samachar

भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्ने गिरोह पक्राउ

235
VIEWS

काठमाडौंका सडक बालबालिकाको मिर्गौला झिकेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शरीरमा दुईवटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेहरुमा गुल्मी धागीथुङ–२ का ३१ वर्षीय विजय कुँवर, दैलेख तिलुखाना–६ का ३२ वर्षीय विमलबहादुर शाही, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का २९ वर्षीय धुपेन्द्रबहादुर शाही, रामेछापका धनबहादुर रोका र झापाका आशिष तामाङ छन्। असार १५ गते शाहीद्वय र कुँवरलाई पक्राउ गरिएको थियो भने रोका र तामाङलाई असार २८ गते पक्राउ गरिएको हो। सुरुमा शाहीद्वय र कुँवरलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेर ब्यूरोलाई बुझाएको थियो। उनीहरुमाथि गरेको अनुसन्धानको क्रममा थप दुई जना पनि तस्करीमा संलग्न भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएका हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित