Skip to main content

Khabar Samachar

Search
Close this search box.

यूके पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

209
VIEWS

यूकेमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित