बलात्कार मुद्दामा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । आफ्नै घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको अभियोग उनीमाथि छ ।
गत १ साउनमा प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा पठाएकोमा त्यसविरुद्ध उनी उच्च गएका थिए । उच्चले पनि बिहीबार थुनामा पठाउने आदेश दिएको हो ।
उजुरी परेको लामो समयपछि प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । पीडित युवतीले टिकटकमा लाइभ बसेर पोखरेलाई पक्राउ गर्न दबाब दिएकी थिइन् । अनुसन्धानको क्रममा घटना शंकास्पद देखिएपनि युवतीको उजुरी नै प्रमुख प्रमाण हुने भएकाले प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।
Discussion about this post