Skip to main content

Khabar Samachar

Search
Close this search box.

बलात्कार मुद्दामा पक्राउ परेका इन्जिनियर पोखरेललाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश

217
VIEWS

बलात्कार मुद्दामा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । आफ्नै घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको अभियोग उनीमाथि छ ।

गत १ साउनमा प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा पठाएकोमा त्यसविरुद्ध उनी उच्च गएका थिए । उच्चले पनि बिहीबार थुनामा पठाउने आदेश दिएको हो ।

उजुरी परेको लामो समयपछि प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । पीडित युवतीले टिकटकमा लाइभ बसेर पोखरेलाई पक्राउ गर्न दबाब दिएकी थिइन् । अनुसन्धानको क्रममा घटना शंकास्पद देखिएपनि युवतीको उजुरी नै प्रमुख प्रमाण हुने भएकाले प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित