Khabar Samachar

श्रीमती र छोराछोरीको हत्यापछि घरमुलीले आत्महत्या गरेको आशंका

203
VIEWS

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताएका छन ।

आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए।

‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो। सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए।

दिनेश भने झुण्डिएको अवस्थामा फेला परेका छन्। उनको पनि शरीरमा चोट पटक देखिएको छ। घटनास्थलमा भेटिएको चक्कु पनि सोही घरको किचनको भएको खुलेको छ।

मेयर महर्जनका अनुसार एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको छ भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका छन्। दिनेशले घाँटी काटेको अवस्थामा फेला परेको उनले बताए । घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ।

तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित