Khabar Samachar

महानगरको उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

208
VIEWS

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

आगामी स्थानीय तह निर्वाचनको लागि महानगरपालिकाको उम्मेदवार छनोटको विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन गरेको छ।

कांग्रेसको विधान अनुसार महानगरको टिकट बितरण गर्ने केन्द्रीय संसदीय समिति गठन नभएकाले कार्यसम्पादन समितिबाट उम्मेदवार टुंगो लगाउन लागिएको हो।

गएको चैत १५ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले संसदीय समिति गठन गर्न खोजे पनि सहमति जुट्न सकेको थिएन।

समितिमा सञ्चारमन्त्री कार्की, गृहमन्त्री खाँण र केन्द्रीय सदस्य एनपी साउदलाई अटाउनै पर्ने दबाबमा देउवा छ्न्। ती अटाउँदा इतर समूहका नेता छुट्ने देखिएपछि समिति गठन हुन नसकेको एक केन्द्रीय सदस्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित