Khabar Samachar

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन

236
VIEWS

प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ ।  मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमूढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन सभामा परिणत हुनेछ । सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ । वसन्तपुरबाट सुरू र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चका सदस्य सहभागी छन् । र्‍याली प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा समापन गर्ने कार्यक्रम छ । समापनमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित