Khabar Samachar

माफी माग्दै माग्ने बुढाले हटाए ‘कमेडी हब’को विवादित दृश्य

227
VIEWS

टेलिभिजन शो ‘कमेडी हब’ को ट्रेलर विवादित बनेपछि कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् । कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।

‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले अगाडि लेखेका छन् ‘अन्जान मै  हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’

‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको ‘कमेडी हब’ कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। अन्जानमा हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैबाट हटाइसकेका छौं,’ उनले लेखेका छन्।कार्यक्रममा केदारप्रसाद घिमिरेसँगै राजा राजेन्द्र, ‘कमेडी च्याम्पियन सिजन १’ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित