Khabar Samachar

धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने सहमति

201
VIEWS

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता गर्न संयोजन समिति बनेको छ । वैद्य र बास्तोला नेतृत्वको पार्टीबाट ३/३ जना नेता रहनेगरी पार्टी एकता संयोजन समिति बनाएको छ । पार्टी एकता संयोजन समितिले नै पार्टी एकता प्रक्रिया अघि बढाएर टुंगो लगाउने भएको हो । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ बीच भएको बार्तापछि पार्टी एकता हुने सहमति भएको हो।

शुक्रबार वैद्य र बास्तोलाले पार्टी एकता गरेर जाने समझदारी गरेपछि पार्टी एकता संयोजन समिति निर्माण भएको हो । जसमा वैद्य नेतृत्वको माओवादीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष र केन्द्रीय सदस्य पवनमान श्रेष्ठ  छन् । बास्तोला नेतृत्वको नेकपा बहुमतबाट  प्रवक्ता हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्य गुणराज लोहनी र उदयबहादुर चलाउने छन् ।

‘हामीले क्रान्तिकारी माओवादीसँग एकता गर्ने समझदारी गरेका छौ । पार्टी एकतालाई पूर्णता दिन दुबै पक्षबाट समेटेर एकता संयोजन समिति बनाएका छौ’ नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तालाले भने, ‘एकता संयोजन समितिले पार्टी एकताको सहजीकरण गर्ने र एकतालाई पूर्णता दिनेछ ।’ दुई पार्टीबीच एकता गर्ने विषयमा कुनै समस्या नभएकाले तत्काल टुंगो लगाइने बास्तोलाको दाबी छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवादी मान्नेमा समस्या छैन  वैद्यलाई पार्टी अध्यक्ष वा महासचिव बनाएर बास्तोला नेतृत्व मान्न तयार भएकाले पार्टी एकतामा समस्या नहुने भएको हो ।  पार्टीको नाम र चुनाव गएमा चुनाव चिन्हमा समस्या हुनसक्ने बताएको छ ।

वैद्य र बास्तोला दुबै तत्कालिन प्रचण्ड नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट २०६९ सालमा विभाजन गरेर नेकपा– माओवादी गठन गरेका थिए । लगतै विप्लवले वैद्यबाट पार्टी विभाजन गरेपछि बास्तोला विप्लवसँगै गएका थिए । अन्तिममा बास्तोलाले विप्लवलाई छोडेपछि पुनः वैद्य र बास्तोला एउटै पार्टीमा जोडिन लागेका हुन् ।

वैद्य नेतृत्वको मोर्चामा सहभागी अरु ५ पार्टीलाई समेत एक ठाउँमा ल्याउनेगरी छलफल चलेको छ । धर्मेन्द्र पक्षलाई विप्लव पक्षले समेट्न नखोजेपछि वैद्यले ६ दलीय मोर्चा बनाएका थिए । त्यस मोर्चामा भएको धर्मेन्द्रसँग एकता गर्ने समझदारी भएपछि अरु ५ पार्टीसँग एकता गर्न अघि बढाउने तयारी गरिएको हो । जसमा वैद्य र बास्तोला सहित सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल, लोकनारायण सुवेदी नेतृत्वको नेकपा, रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल  र नारायण शर्मा नेतृत्वको संयुक्त मोर्चा क्रान्तिकारी नेपाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित