Khabar Samachar

Search
Close this search box.

मेलम्ची तटीय क्षेत्र जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

208
VIEWS

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ।

यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।

बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन्। तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताए।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो गएको छ। राति १०:१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक बन्द भएको छ। त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय (मेलम्ची) ले जनाएको छ। जोखिममा परेका सुरक्षित स्थानमा गई बसेको प्रहरीले बताएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित