Khabar Samachar

एन्फाद्वारा प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी

210
VIEWS

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमागाईंलाई प्रदान गरेको छ ।

अल्मुताइरीकाे विषयमा अनिर्णीत एन्फाले असोज ११ हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने नेपालका प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

आज एन्फा मुख्यालयमा बसेको बैठकले हुमागाईंलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि पहिलो बैठकले अल्मुताइरीको विषयमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको सुझावलाई प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिएको थियो ।

महासचिव किरण राईले त्यसअनुसार कतार फुटबल संघ र अल्मुताइरीलाई पत्र पठाएका छन् ।

अल्मुताइरी अहिले बिदामा छन् । तथापि अल्मुताइरीले आफू सम्झैता अवधिभर नेपालमा काम गर्न इच्छुक रहेको बताउँदै आएका छन् । उनले मंगलबार साँझ फिफा वा एएफसीमा जाने चेतावनी दिएका थिए ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित