Khabar Samachar

गृहमन्त्रीका पीएसओ सुन तस्करीमा मुछिए

237
VIEWS

गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

उनले सुन तस्करीमा संलग्न व्यक्तिसँग हिरासतबाटै चार लाख रुपैयाँ लिएको आरोप छ। सुन तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर गौशाला वृत्तमा राखिएको थियो।

असार १६ गते पक्राउ परेका अभियुक्त असार २७ गते छुटेका थिए। दुबईबाट ६ जनाले ५० ग्रामका दरले सुन ल्याएको तर ती एक जनाले मात्रै सम्बन्धित व्यक्तिलाई नदिएपछि उनी पक्राउ परेका थिए।

तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।स्रोतका अनुसार भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र व्यवहारमा थुनिएको बताइएको छ । चेक काटेपछि ती व्यक्ति छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित