Khabar Samachar

अल्फाबिटालाई बालेनको निर्देशन : ३५ दिनभित्र खाली गर्नुस् नत्र भत्किन्छ ।

213
VIEWS

महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ । सो क्रममाबुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएका बालेन बिहीबार भने केही फरक शैलीमा प्रस्तुत भए । नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा उनी संरचना हटाउन भनेर पुगे । तर, त्यहाँ डोजर चलेन बरु उनको अल्फा बिटाका घरबेटीसँग सवाल जवाफ चल्यो । सो क्रममा उनी कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किन पुगे । अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको छ ।  यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि कड्किँदै बालेनले भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’

बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए ।  बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन समेत निर्देशन दिएर फर्किएका छन् ।

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित