Khabar Samachar

अल्फा बिटाले नक्साबिना नै संरचना बनाएको पुष्टि, भत्काउन पुग्यो महानगर टोली( भिडियो सहित )

217
VIEWS

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउन काठमाडौं महानगरका मेयर बालेन्द्र शाह नक्सासहित फिल्डमा पुगेका छन्।

अल्फाबिटाका घरवेटीले पार्किङ बेसमेन्ट भाडामा लगाएर व्यवसाय चलाएको भन्दै काठमाडौं महानगरले भत्काउन लागेको हो।
अल्फाबिटाको भुईंतल्लामा अल्फा केयर फार्मेसी, कफी सप लगायतका व्यवसाय सञ्चालन भैरहेका छन्। काठमाडौं महानगरले अल्फा बिटाको भुईतल्लाको नक्सा पार्किङका लागि पास भएको भन्दै भत्काउने निर्णयमा पुगेको छ।
यसअघि नेपालखबरले बालेन्द्रलाई पार्खिरहेको अल्फाबिटा शीर्षकमा समाचार लेखेपछि बिहीबार विहान अवलोकनका लागि बालेन्द्र शाह पुगेका थिए।
अल्फा बिटाका सञ्चालकले बालेन्द्रलाई ‘तपाईं डन हो?’ भन्दै प्रश्न गरेपछि केहीबेर विवाद भएको थियो।

दिउँसो ३ बजेपछि मेयर बालेन्द्र महानगरबाट नक्सा मगाएर अल्फाबिटा पुगेका छन्। त्यहाँ प्रहरीसहित मानिसहरुको भीडभाड बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित